सामुदायिक स्रोत पुस्तकालयको आय व्यय सार्वजनिक
अग्यौलि सामुदायिक स्रोत पुस्तकालय डण्डाले २०१५ को आर्थिक आय व्यय ३ लाख ३३ हजार २ सय ७० रुपैया सार्वजनिक गरेको छ । विहिवार अग्यौलि सामुदायिक स्रोत पुस्तकालय डण्डाले आयोजना गरेको प्राविधिक ज्ञान सेवा कार्यक्रम सरकारी तथा गैर सरकारी निकाय संगको समन्वयानात्म वैठकमा सो आय व्यय प्रस्तुत गरिएको थियो । आयोजित कार्यक्रममा विभिन्न विषयमा अन्तरक्रियात्म कार्यक्रम साथै भावि योजनाहरुको बारेमा समेत चर्चा गरिएको थियो । अग्यौलि सामुदायिक स्रोत पुस्तकालय डण्डा र कावासोती नगरपालिकाको आयोजनामा मौसम सम्बन्धि जानकारी दिने २ वटा स्याटालाईट जोड्ने कार्यत्रम रहेको समेत कार्यक्रममा जानकारी गराईएको थियो । विभिन्न क्षेत्रका सरोकार वालाहरुको उपस्थीतमा भावि योजनाहरुको बुदाहरु अघि सारीएको थियो । साथै पुस्तकालयले कृषि, पशु सेवा , वातावरण , शिक्षा र महिला शशक्तिकरण जस्ता कार्यक्रमहरु ल्याउने अग्यौलि सामुदायिक स्रोत पुस्तकालयका अध्यक्ष शुर्य प्रसाद पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा कावासोती नगरपालिकाका कार्यकारी अधिकृत मान बहादुर खड्का लगायतका व्यक्तिहरुको उपस्थीति रहेको थियो ।
तपाइँको प्रतिक्रिया