सामुहिक च्याउ खेतीमा रम्दै गैँडाकोटका महिला

माघ २५ , गैँडाकोट
गैँडाकोट ४ शिबालय नमुना टोल बिकास संस्थाका महिला दिदि बहिनिहरु संगठित भएर च्याउ खेती गर्दै आउनु भएको छ । शिवशक्ति कृषि महिला समुह दर्ता गरी दिदिबहिनीहरुले गँैडाकोट ४ शिवचोकमा अर्गानिक च्याउ खेति गर्नु भएको छ ।उहाँहरुले गरेको च्याउ खेति गैडाकोट नगरपालिकामानै नमुनाको रुपमा रहेको छ । समुहमा रहेका ४० जना दिदिबहिनीहरुमध्ये १५ जना सामुहिक च्याउ खेतिमा सक्रिय हुनु भएको हो । उहाँहरुले २०७६ मंसिर १० देखी यो च्याउ खेति गर्दै आउनु भएको हो । उहाँहरुले ब्यवस्तीत रुपमा प्लास्टिक घर निर्माण गरी त्यहाभित्र पराले च्याउ खेति गर्दै आउनु भएको छ । गैँडाकोट नगरपालिकाको ५० प्रतिषत अनुदानमा दिदिबहिनिहरु निकै सक्रिय भई खेति गरेको शिबशक्ति कृषि महिला समुहकी कोषाध्यक्ष संगिता घिमिरे पण्डीतले बताउनु भयो । अहिले सम्म ४ लाख ५० हजार खर्च भईसकेको उहा बताउनु हुन्छ ।
आफुहरुको च्याउ खेति गँैडाकोट नगरपालिकाका नगर प्रमुख उपप्रमुख र प्राबिधिक सहितको टोलिले निरिक्षण गरेको र गैँडाकोटमै उत्कृष्ट भएको उहाहरुले बताउँदा निकै उर्जा आएको कार्यपालिका सदस्य समेत रहनुभएकि पण्डितले बताउनु भयो । उहाँहरुले आफनो समुहलाई थप सहयोग गर्ने समेत बताउनुभएको उहा बताउनु हुन्छ ।आफुहरुले गैँडाकोट महोत्सवमा पनि स्टल राखेर च्याउ बेचेको उहा बताउनु हुन्छ ।
त्यस्तै समुहकि अध्यक्ष अनिता काफ्लेले पहिलो पटक दिदिबहिनिहरु मिलेर समुहमा काम गरेको र यो कामले आफुहरुलाई धेरै सिकाएको बताउनु भयो । दिन रात खटिएर आफुहरुले अडर लिने र सामान पठाउने काममा अहोरात्र खटिएको उहा बताउनु हुन्छ । अहिले सम्म ७ सय किलो बिक्री गरेको उहाले बताउनु भयो ।
त्यस्तै नगरपालिकाका वडा सदस्य ज्ञानसरा बिकले त्यसै घरमा बसिरहने दिदिबहिनिहरुलाई यो सामुहिक च्याउ खेति गर्ने कामले धेरै ज्ञान अनुभव संगै आर्थीक रुपमा पनि केहि सवल बनाउने बताउनु भयो । सुरुमा बजारका लागी केही कठिन भएपनि यस्तो कमा सबै दिदिबहिनिहरुले गर्न आवस्यक रहेको बताउनु भयो ।
महिला दिदिबहिनिहरुले बडो दुख गरेर नमुना काम गरेर समाजमा उदाहरण प्रस्तुत गर्नु भएको छ । उहाहरुको कामको उच्च सम्मान गर्दै नगरपालिकाले उहाँहरुको उत्पादनको बजारीकरण गर्न र उहाँहरुको हौसला प्रदान गर्न थप आर्थीक साहयताका कार्यक्रम दिन आवस्यक छ ।
जनप्रतिनिधिनै यसरी सामुहिक खेतिमा सक्रिय हुदा यसले समाजलाईपनि निकै सकारात्मक सन्देश जाने देखिन्छ । अनुदान ल्याएर खाने प्रबृतिको अनत्य गरेर साच्चै दिदिबहिनीहरुले नमुना काम गरेर देखाउनु भएको छ ।उहाहरुलाई नगरपालिकाले बिशेष महत्वका साथ साथ र सहयोग प्रदान गरोस् ।
तपाइँको प्रतिक्रिया