सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नुपर्यो :प्रधानमन्त्री प्रचण्ड

३० असोज, भारत गोवा । १९ औं सार्क शिखर सम्मेलन छिटो आयोजनाको पहल गर्न नेपाल र श्रीलंका सहमत भएका छन् । प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच आइतबार भारतको गोवास्थित एक होटलमा भेटवार्ता भएको थियो । भेटमा प्रचण्ड र सिरसेना भारत-पाकिस्तान तनावले स्थगित भएको सार्क सम्मेलन छिटो आयोजनाको पहल गर्ने सहमति भएको हो । पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखेर सम्मेलन सदस्य राष्ट्र भारतले बहिस्कार गर्ने घोषणा गरेपछि स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सार्क राष्ट्रहरुबीच साझा धारणा आवश्यक रहेको बताउनु भएको थियो । श्रीलंकाली राष्ट्रपति सिरसेनाले पनि नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै सार्क सम्मेलन आयोजनाका लागि दुबै देश मिलेर पहल गर्नुपर्ने धारणा राखेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया