सार्बजनिक यातायात बन्द भएपछि सर्बसाधारण मारमा

परासी , ८ पुस । नवलपरासीमा मध्ये नेपाल यातायात ब्यवसायी समिती अन्तर्गतका करिब २ सय बढी सार्बजनिक यातायातका सवारी साधनहरुको संचालन फेरी बन्द भएपछि सर्बसाधारणहरु मर्कामा परेका छन् । मधेशी मोर्चाले फेरी बन्दलाई निरन्तरता दिएसंगै जिल्लाको सदरमुकाम परासी सहित ग्रामीण क्षेत्रमा संचालन हुने सबै रुटका सवारी साधनहरु नचलेपछि सर्बसाधारणहरु मार्कामा परेका हुन् । यसरी सो समिती अन्तर्गतका सार्बजनिक सवारी साधान नचलेपछि परासी , महेशपुर , बेलाटारी , त्रिबेणी लगाएतका सबै रुटहरुमा यातायात चलेका छैन् । जसका कारण सार्बसाधारणहरु समस्यामा परेका छन् ।मोर्चाको आन्दोलन यता करिब ४ महिना सम्म यातायात संचालन हुन नसक्दा यातायातकर्मी झन मारमा परेको समितीका अध्यक्ष ऋषीराम पौडेलले बताउनुभयो । समिती अन्तर्गत करिब २ सय बढी सवारी साधन आबद्ध छन् । सो समितीले नवलपरासीको परासी सुनवल , परासी–महेशपुर र बर्दघाट– त्रिवेणी क्षेत्रमा सञ्चालन गर्दै आएको थियो ।
तपाइँको प्रतिक्रिया