सार्वजनिकीकरण तथा राष्ट्पति उत्कृष्ट कृषक पुरस्कार

जमुना पराजुली भरतपुर ७
, ३६ औ खाध दिवसको अवसर पारेर जिल्ला पशु सेवा कार्यलय चितवनले सार्वजनिकीकरण तथा राष्ट्पति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।
जगतपुर एको बाख्रा प्रा.लि का योगेन्द्र बहादुर खड्का, वंगुर पालन पाथिभरा पशुपालन उत्थान केन्द्रका नरेन्द्र कन्दवा , गाईपालनका सफल मालि रक्तनपुर पशुपालन फार्मका शंकर पुरी हरुलाई सफल पशुपालन कृषक भनेर जिल्ला पशु कार्यलय चितवनले नगद १० हजार र प्रमाण पत्र वितरण गरेको हो । चालु आर्थिक वर्षमा ५१ लाख बजेट जिल्ला पशु कार्यलय चितवनमा आएको तथा ६ करोड ५१ लाख ६८ हजार चालु आर्थिक वर्षमा वजेट विनियोजन भएको जिल्ला विकास पशु सेवा कार्यलय चितवनका वरिष्ट राम कुमार कार्कीले जानकारी दिनुभयो । कृषकहरु लाई सम्मान र हौसला गर्ने हो भने वैदेशिक रोजगारको बाटो नरोजी पशु पालन तर्फ आकर्षण हुने नेपाली काग्रेस चितवनका संचिव राजिव न्यौपानेले बताउनु भयो । हिमाली क्षेत्र रसुवा ,मध्ये पहाडी क्षेत्र सिन्धुली र तराई क्षेत्र चितवन बाट बढि महिला पशु पालन व्यवसाय गरेको जिल्ला विकास पशु कार्यलय चितवनका वरिष्ट राम कुमार कार्कीले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया