सावित्रीको दिल शीशा होस् वा दिल वजारमा

नविन पौडेल ,नवलपरासी,विदेशी भुमीमा रहेर पनी नेपाली कलासस्कृति लाई सधै माया गर्ने सावित्री गीरीले सा्रेता तथा दर्शकका लागि नयां कोसेली वजारमा ल्याएकी छन् । तनहुँ थप्रेक की प्रतिभाशालली गीरी हाल रोजगारकिो शिलसलिामा दुवईमा छन् । गीत सगीतमा सानै देखि लेख्ने स्कुल कलेजमा विभिन्न प्रतियोगीतामा गाउने गर्थीन । २०६२ सालमा पहिलो एल्बम अल्झिए नजरबाट साङगेतिक यात्रा सुरु गरेकी गीरीले अहीले भुकम्पको मार्मिक गीत र नया रिलिज भएको आधुनिक गीत शीशा होस् वा दिल जस्ता गीतहरु बजारमा ल्याएकी छन् । अहिले सम्म एक दर्जन भन्दा बढी लोकदोहोरी र तीज गीत बजारमा ल्याइसकेकी गिरिको धेरै गीत वजारमा आएपनी पोखराको सेतीनदीमा हिउँ ताल फुटेर आएको बाढीको वारेमा गाएको गीत सा्रेता दर्शकले धेरै मन पराए । गीरी राम्रो शव्द लेखन गर्ने स्रष्टा हुनुको साथै मीठो स्वरले समेत साथ दिएको छ । पछील्लो गीतको म्युजिक भिडीयो समेत निकै स्तरीय वनेको छ ।
तपाइँको प्रतिक्रिया