सास्वतधाम मंगलवार देखि सर्वसाधारको लागि खुल्ला

बिबेक भण्डारी २४, नवलपरासीको देवचुलिनगरपालिका दुम्कौलिमा रहेको सास्वतधाम मंगलवार देखि सर्वसाधारको लागि खुल्ला गरिएको छ। उद्योगपति विनोद चौधरीले नवलपरासीको दुम्कौलीमा निर्माण गरेको शाश्वतधाममाको मंगलबार एक भव्य कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । उद्धाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाह, श्रीश्रीश्री रविशंकरको उपस्थीती रहेको थियो समारोहमा शंकराचार्य जयेन्द्र सरस्वती आउने भने पनि विशेष कारण बस आउन नसक्नु भएको र उहाले स्काइपको माध्यमबाट आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । खजुराहो शैलीमा निर्माण भएको शाश्वतधाममाको मुल मन्दिरको गर्भ गृहमा प्राण सिञ्चित गरी यसको उद्घाटन भएको हो । उक्त अवसरमा सयौँ पण्डितको उपस्थितिमा धर्मसभा समेत भएको थियो । पशुपतिनाथबाट समेत पण्डित सभामा आउनुभएको थियो । शाश्वतधाममा १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वर, पीपल, अशोकलगायत रूखका बिरुवा लगाइएको छ । शाश्वतधामको निर्माण औद्योगिक पार्कका लागि मात्र नभएर नवलपरासीवासी र सम्पूर्ण नेपालीकै लागि भएको हुदा सो धाम नमुनाको रुपमा विकास हुने चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीले बताउनुभयो । मन्दिर निर्माणको सुरुदेखि अहिलेसम्म सक्रिय श्रेष्ठले जगद्गुरु शंकराचार्यको निर्देशन बमोजिम नै शाश्वतधामको निर्माण सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया