वडा नं १४ बाट जुवा खेल्दै गरेका ५ जना १ लाख ८१ हजार नगद सहित पक्राउ

गैँडाकोट, २३ मंसिर ।
देवचुली न.पा. १४ साहारा चोकबाट जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साहारा चोकका ४४ को सुरेन्द्र श्रेष्ठको घरमा नगद सहित जुवा तास खेलीरहेको अवस्थामा उनिहरु पक्राउ गरेका हुन् ।उनिहरुबाट नगद रु १ लाख ८१ हजार ७०५ र तिन बुक तास पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्र.ना.उ. दिलिप कुमार गिरीले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा जिल्ला नवलपरासी(पूर्व) देवचुली न.पा. १४ बस्ने बर्ष ४४ को सुरेन्द्र श्रेष्ठ, सोहि ठाँउ बस्ने ५३ वर्षका खेमलाल रिजाल, बर्ष ४३ को युवराज न्यौपाने, बर्ष २० को ओम प्रसाद पौडेल र १३ बस्ने बर्ष ६१ को कृष्ण ब. थापा रहेका छन् । बुधबार पक्राउ परेका उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ ।
तपाइँको प्रतिक्रिया