सिपयुक्त जनशक्ती उत्पादन नभएसम्म देशमा आर्थिक समृद्धी हुन्छ भन्नु कथामात्र हो : मुख्यमन्त्री पाण्डे

गैँडाकोट, २५ पुस । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालमा सिपयुक्त जनशक्ती उत्पादन नभएसम्म देश समृद्धीको पाटोमा अगाडि बढ्न नसक्ने बताउनुभएको छ । आइतबारबाट चितवनको नारायणी नदी किनारमा सुरु भएको १३ औँ संस्करणको चितवन महोत्सव समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले देशमा सिपयुक्त जनशक्ती उत्पादन नभएसम्म देशमा आर्थिक समृद्धी हुन्छ भन्नु कथामात्र भएको बताउनुभएको हो ।
उहाँले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरमा भौतीक पुर्वाधार निर्माण भन्दापनि पहिला यहाँको अशिक्षित र बेरोजगार युवाहरुलाई प्राविधीक र सिपमुलक तालिम प्रदान गर्नतिर जोड दिन आग्रह समेत गर्नुभयो । प्रदेशमा आफु मुख्यमन्त्री भएपछि पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा दिइएको उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नबाट वन्चीत हुनु नपरोस भनेर अवको आर्थिक वर्षमा प्रदेशले सामुदायिक विद्यालयमा पढ्ने सबै छोरीहरुलाई छात्रवृद्धी प्रदान गर्ने तयारी गरेको उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश सरकार र स्थानिय सरकारले निजी क्षेत्रसंग समन्वय गरेर काम गरेको खण्डमा आर्थिक वृद्धीदर छिटो बढ्ने बताउनुभयो । उपाध्यक्ष ढकालले सरकारले नीतिगत रुपमा निर्णय गरेर अगाडि बढेको खण्डमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताउँदै त्यसले छिटो प्रतिफल दिने दावी समेत गर्नुभयो । गैंडाकोटको मौलाकालिका मन्दीरमा एक वर्षभित्रमा केवलकार सञ्चालन गरेर देखाउने उहाँको भनाई छ ।
महोत्सव समुद्घाटन कार्यक्रममा बोल्दे भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरपालिका मह र माछापालनमा आत्मनिर्भर बनाउनका लागि यस महोत्सवले पुर्ण सहयोग गर्ने आशा व्यक्त गर्नुभएको छ । देशको तेस्रो पर्यटकिय गन्तव्यको रुपमा रहेको यस महानगर पोल्टी, माछापालन, पशुपालन, केरा र तरकारीमा आत्मनिर्भर भएको समेत दावी गर्नुभयो । साथै उहाँले कृषि र पर्यटनलाई प्रवर्धन गर्नकै लागि महोत्सव आयोजना गरिएको बताउँदै महोत्सवलाई सफल बनाउन महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
समुद्घाटन कार्यक्रममा वागमती प्रदेश उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, सांसद कृष्णभक्त पोख्रेल लगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्ने उद्देश्यले महोत्सव आइतबाट सुरु भएको हो । एकै प्रकृतिका वस्तु तथा उत्पादनका लागि छुट्टाछुट्टै परिसर तोकिएको महोत्सवमा ३५० वटा स्टल रहनेछन् । महोत्सवमा स्थानीय उत्पादनको बजारिकरणमा यसपाली महलाई जोड दिइएको छ । महोत्सव परिसरमा मौरीको डमी पनि प्रदर्शन गरिएको छ । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब ५ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
तपाइँको प्रतिक्रिया