सिप सिकेर रजहरकी उसा तामाङले ढाकाको जुत्ताबाट मनग्ये आम्दानि गदै

बिबेक भण्डारी माघ ३,
गर्ने हो भने नसकिने के नै छ र यदि जागर र सिप हुने हो भने देशमा नै बसेर केहि गर्न सकिन्छ । यसको उदाहरणको रुपमा यतिबेला नवलपरासी क्षेत्रका महिलाहरुलाई नि सकिन्छ । यतिबेला जिल्लाका महिलाहरुले विभिन्न समुह तथा विभिन्न संघ संस्थामा आवद्ध भई विभिन्न किसिमका सिपहरु सिकेर यतिबेला आफै उद्धमि भएका छन । यहाका महिलाहरु विभिन्न सिपमुलक काम सिक्ने र सिकेको कामलाई निरन्तरता दिदै आफैले सिप अनुसारको व्यवशाय गरेर बस्दै आएका छन । यस्तै नवलपरासीकै रजहर गा वि समा बस्दै आएकि उसा तामा∙ पनि उद्धमि महिलाहरुको भिडमा उनिह पनि उदाहराको पात्र बनेकि छन । तामाङले आफैले केहि गर्नु पर्छ भन्ने उद्देश्यले यतिबेला उनले ढाका तथा मखमलको जुत्ता बनाएर बेच्दै आएकि छन । शिक्षण पेशाा छाडेर तामाङ यतिबेला जुत्ता बनाएर बेच्न व्यस्त बनेकि छन । उनका अनुसार अरुको जागिर खानु भन्दा आफैले केहि गरेर वस्नु उचित रहेको बताइन । तामाङले दुइ महिना अघि महिला विकास र केयर नेपालको सहयोगमा तालिम लिइएर आफैले जुत्ता बनाउदै आएकि छन । आफुले जुत्ता बनाउने तालिम लिएर १५ दिन भित्र आफैले जुत्ता बनाइ बेच्ने गरेको बताइन । उनले स्थानिय बजारबाट आवस्यक सामानहरु ल्याउने र खालि समयमा जुत्ता बनाएर बेच्ने गरेको बताइन । तामाङको घरमा यतिबेला श्रीमान सहित एक छोरा छन । उनका श्रीमानले देशमा नै बसेर केहि गर्दै आएको भए पनि आफुले केहि गर्नु पर्छ भन्ने उद्देश्यले जुत्ता बनाउने गरेको बताइन । तामाङले महिला बहुउद्देश्य रजहरको भवनमा सो कार्य गदै आएकि छन । उनका अनुसार उद्धमिहरुको सहयोग गर्ने समुहले आफुलाई निशुल्क रुपमा भवन को व्यवस्था गरेको र सोहि भवनमा आफुले जुत्ता बनाउने गरेको बताइन । शिक्षण पेशाामा आफु सन्तुष्ट नभएको र ढाकाको जुत्ता बनाउने सिप सिकेर यहि व्यवशायमा लागेको उनको भनाइ छ । तामाङले जुत्ता बेचेर नै माशिक २० हजार भन्दा बढिको आम्दानि गर्दै आएकि छन । उनका अनुसार आफु यस व्यवशायमा निकै सन्तुष्ट रहेको बताउदै महिलाहरुले पनि केहि गर्ने सक्ने र त्यसको लागि सिप र जागरको आवस्यक पर्ने बताइन । उनका अनुसार कति पय महिलाहरु ऋाफ्नो देश छाडेर विदेश गइरहेका छन तर विदेशमा भन्दा देशमा नै धेरै सम्भवना रहेको बताइन । उनले सिप सिक्ने हो भने कोहि पनि देशमा खालि बस्न नपर्ने बताइन । तामाङले यतिबेला सिप सिकेर बनाएको जुत्ताबाट मनग्य आम्दानि गर्न सफल भएकि छन । उसा तामा∙ ले जस्तै अन्य महिलाहरुले पनि सिप सिकेर देशमा नै केहि आयआर्जनको कार्य गर्न सक्ने सम्भवना प्रशस्तै छन । खालि समयमा केहि सिप सिकेर बस्ने हो भने देशमा नै मनग्य आम्दानि गर्न सकिन्छ । यसका लागि केवल सिप र जागरको विकास हुनु आवस्यक छ ।
तपाइँको प्रतिक्रिया