सिमेन्टका सामाग्रिहरु बनाउन भ्याइ नभ्याइ

बिबेक भण्डारी फागुन ३, नवलपरासीका कंक्रिड व्यवशायिलाई सिमेन्टका सामाग्रिहरु बनाउन भ्याइ नभ्याइ छ । केहि वर्ष यता आधुनिक प्रविधिहरुको प्रयोग बढे संगै जिल्लाका कक्रिड व्यवशायिकहरुलाई सिमेन्टबाट बन्ने विभिन्न किसिमका घरमा सजावटका लागि प्रयोग गरिने आधुनिक खालका डिजाइनहरु बनाउन भ्याइ नभ्याइ भएको व्यवशायिहरुको भनाइ छ । पहिले धेरै जसो घरहरु माटो तथा काठबाट निर्माण हुने हुदा सिमेन्टबाट निर्माण गरेका सामाग्रिहरु त्यति प्रयोग नभए पनि अहिले भने सिमेन्टबाट निर्माण भएका निर्माण सामाग्रिहरुको माग बढ्दो रहेको व्यवशायिहरुले बताएका छन । अहिले विदेशी स्टाइलका घरहरु पनि नेपालमा बन्ने थालेको हुदा सिमेन्टबाट निर्माण भएका घर सजावट सामाग्रि धेरै बिक्रिहुने व्यवशायिहरु बताउछन । उनिहरुका अनुसार यतिबेला घरमा प्रयोग गरिने टप, भेन्टिलेसन , ब्लक लगायतका सामाग्रिको अडर अत्याधिक आउने गरेको बताउ छन । दैनिक ज्याला दारिमा कामदार राखे पनि निर्माण सामाग्रिहरु बनाउन भ्याइ नभ्याइ भएको १५ वर्ष देखि बेल्डिामा सिमेन्टका सामाग्रि निर्माण गर्दे आएका कृष्णबहादुर सुनारले बताउनुभयो । सुनारका अनुसार आफुले १५ वर्ष देखि यस्तै निर्माणको काम गर्दे आएको भए पनि अहिले यसको व्यवशाय राम्रो रहेको बताए । पहिले आफुले निर्माण गरेको सामाग्रिहरु नबिक्ने भए पनि अहिले भने अत्याधिक माग आउने गरेको बताए । अहिले यस्ता सामाग्रिहरुको प्रयोग बढ्दै जादा वन जंगलहरु भ्ने संरक्षण भएको छ । पहिले काठबाट घरहरु निर्माण गरिने हुदा वनमा राम्रा सालका काठहरु घट्दै गएको भए पनि अहिले आधुनिक प्रविधिहरुले भने वन संरक्षणमा टेवा पुर्याएको छ।
तपाइँको प्रतिक्रिया