सीमांकन विवाद संयन्त्रलाई दिन मधेसी मोर्चा तयार

प्रमुख तीन दलको प्रस्ताव अनुसार प्रमुखहरुको सीमांकन विवाद राजनीतिक संयन्त्र बनाएर तीन महिना टुंगो लगाउन तयार भएको छ । संयन्त्रको कार्य्विधिमा छलफल सुरु भएको छ । तीन दल र मधेसी मोर्चाको कार्यदलबीच बिहीबार भएको वार्तामा ११ बुँदे मागबारे छलफल भएको थियो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको छलफलमा मधेसी मोर्चाका नेताहरु सीमांकन विवाद राजनीतिक संयन्त्र बनाएर तीन महिना टुंगो लगाउन सहमत देखिएको छ । बैठकमा त्यस्तो संयन्त्रको कार्य्विधि (टीओआर)बारे छलफल भएको छ । मधेसी मोर्चाका नेताहरुले संयन्त्रको बैधानिकता र त्यसले सीमांकन हेरफेर गर्छ भन्ने आधार खोजेको छ । बैठकपछि कार्यदलका सदस्य एवं कांग्रेस नेता महेश आचार्यले छलफल सकारात्मक रहेको बताए । राजनीतिक संयन्त्र र त्यसको कार्यादेशबारे शीर्ष नेताहरुसँग छलफल गर्नु पर्ने भएकाले बैठक स्थगित गरेको उनले बताए । मधेसी मोर्चाको कार्यदल सदस्य हृदयेश त्रिपाठीले पनि ११ बुँदेबारे छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी दिए ।
तपाइँको प्रतिक्रिया