सुचना तथा प्रविधी बिधयकको बिरोध गर्दे नेपाली कांग्रेसले बुझायो देशभर ज्ञापन पत्र

माघ ५ ,चितवन
नेपाली काँग्रेसले सुचना तथा प्रविधी बिधयकको देशभर बिरोध गरेको छ । काँग्रेसले आईतवार देशका ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाई सो बिधयकको बिरोध गरेको हो ।
काँग्रेसले सो बिधयकले जनताको अभिव्यक्ति स्वतन्त्रता खोस्ने भन्दै बिरोध गर्दै आएको छ । यसैबिछ नेपाली काँग्रेस चितवनले पनि आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
केन्द्रिय सदस्य बद्री पाण्डे जिल्ला सभापति जीतनारायण श्रेष्ठ , जिल्ला सचिब उत्तम जोशी सहित काङ्ग्रेसका नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यलय पुगेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य बद्री पाण्डेले बिधयक मार्फत सरकारले नागरिकको गोपनियता भङ्ग गर्ने चेस्टा गरेको बताए । उनले यस्ता बिधयकले सरकार निरंकुशता तर्फ उन्मुख भएको आरोप लगाए । जिल्ला सभापती जीतनारायण श्रेष्ठले नागरिक अधिकार हनन गर्ने तबरले ल्याईएको यस्तो बिधयक तत्काल फिर्ता लिन माग गरे ।
उता नेपाली काँग्रेस नवलपुरले पनि आइतबारनै ज्ञापन पत्र बुझाएको छ । जिल्ला सभापति विष्णु लामिछाने सहितको टोलीले जिल्ला प्रशासन कार्यालय नवलपुरमा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै सूचना प्रविधि विधयक खारेज गर्न माग गरेको हो ।
ज्ञापन पत्रमा नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मानव अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई हत्या गरी बहुमतको आधारमा आधारमा पारित गरिएको विधयक तुरुन्त फिर्ता गरी संशोधन गर्न माग गरिएको छ । काँग्रेसले देशभर आइतबार जिल्ला कार्यसमिती मार्फत ज्ञापन पत्र बुझाउँदै बिधयकको बिरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया