सुधारिएको झोलाको प्रयोग

बिबेक भण्डारी ४,वतावरण स्वच्छ राख्न आफ्नो क्षेत्रबाट आफै लागि परे मात्र वातावरण स्वच्छ हुने एक कार्यक्रमले वताएको छ । पछिल्लो समय विभिन्न प्लालिष्टीक जन्य वस्तुहरुको प्रयोगले वातावरण फोहोर देखिने र प्लाष्टीक जन्य वस्तु चाडै नगल्ने वस्तुभएको हुदा वतावरण निकै दुषित पार्ने वताइएको छ । मंगलवार नवलपरासीको कावासोती मगरकोट स्थीत वतावरण जनजागरण विकास मञ्चको आयोजनामा संञ्चालन गरिएको सुधारीएको झोला तथा सुइरो वितरण कार्यक्रममा यस्ता प्लाष्टीक जन्य वस्तुलाई हटाइ सुधारीएको झोला प्रयोग गर्नुपर्ने समेत वताइएको हो । कार्यक्रममा प्लाष्टीक जन्य वस्तु प्रयोग रोक्न आफुहरुले अभियान कै रुपमा रहेको समेत वताइएको छ । अभियान अन्तरगत साइकल यात्रा समेत गरिने भएको छ । सुधारीएको झोला तथा सुइरो वितरण कार्यक्रममा नगरपालिकाकि वातावरण विद संगीता सुवेदीले २०७४ साल सम्ममा वातावरण मैत्रि नगरपालिका वनाउन का लागी कार्यहरु अगाडी बढाईरहेको हुदां यो सुधारीएको झोला तथा सुइरो वितरण कार्यक्रम आवस्यक रहेको वताउनुभयो । कार्यक्रममा पर्यापर्यटन कार्यक्रमका संयोजक डि बि चौधरी लगायतको उपस्थीति रहेको थियो ।
तपाइँको प्रतिक्रिया