सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ मंसिर।
नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २७५ रुपैयाँ कायम भएको छ ।
तपाइँको प्रतिक्रिया