सुनको मुल्य बढेसंगै सुन पसलमा सुनसान

भदौ १ ,चितवन
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गएको छ । तीज नजिकिने क्रम बढ्दै गएपनि बजारमा चहलपहल भने देखिएको छैन् । सुनको मुल्य अत्यादिक मात्रामा बढिरहेकोले सुन पसलहरु अहिले सुनसान जस्तै देखिएका छन् । महिलाहरुको महान पर्व हरितालिका तीच सँगै दशैँ तिहार जस्ता नेपालीहरुको महान चाड सुरु हुने गर्दछ । यो समय भनेको सुन लगाएत अन्य व्यवसाय गर्ने व्यापारीहरुको लागि अनुकुलको समय हो । व्यापारीहरु यो समय धेरै भन्दा धेरै सामान बिक्रि गरि धेरै फाईदा कमाउने योजनामा रहेका हुन्छन् भने र गा्रहकहरु पनि यो समयमा राम्रा राम्रा सुनका गहना खरिद गरी लगाउने योजना बनाएका हुन्छन् । अहिले सुनको मुल्य बढ्दै गएको हुनाले सुन व्यापारीहरुको व्यवसायमा नकारात्मक असर परेको ब्यवसायीहरुले बताएका छन् ।
आईताबार सुनको मुल्य प्रति तोला रु ७१,५०० पुगेको सुन व्यापारीहरुले बताए । शुक्रबार सम्म प्रति तोला रु ७२००० रहेको सुनको मुल्य शनिबार रु ५०० घटेर आईताबार सम्म आउदा रु ७१५०० रहेको व्यापारीहरुले जानकारी दिए ।
यसरी अत्यादिक मात्रामा बढिरहेको सुनको मुल्यको कारण यो समय सुन व्यापारीहरुको लागि कालो दिन बनेको ब्यवसायीहरुले बताए । पहिलाको हेराईमा अहिलेको व्यापार १० प्रतिशत पनि नभएको सुन व्यापारी विपीन रामुदामुले बताउनु भयो ।
साथै सुन बिक्री गर्ने सुन व्यापारीहरुका साथै गा्रहकहरुका लागि पनि यो वर्ष चुनौती पूर्ण रहेको सुन व्यावसायी शान्त थापा बिश्वकर्मले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया