सुनौलीबाट भित्रिए २ सय ७७ ट्रक, २३ ट्यांकर र ६ बुलेट ग्यास

रुपन्देही, असोज ५ –
भारतको सुनौली भैरहवा नाकाबाट आज २ बजेसम्ममा खाद्यान्न र अन्य सामाग्रीहरु बोकेका २ सय ७७ ट्रक, पेट्रोलियम पदार्थ बोकेका २३ वटा ट्यांकर र ६ बुलेट ग्यास नेपाल प्रवेश गरेका छन् ।
सुनौली नाकाबाट अरु दिनजस्तै तरकारी, खाद्यान्न र फलफूल नेपाल भित्रिएका छन् । सुनौली नाकामा भारतका भन्सार प्रमुख मधुकर आनन्दले कुनै सामान नपठाउनु भन्ने आदेश नआएको बताए ।
यस्तै, भलबारीबाट २० हजार लिटर पेट्रोलियम पदार्थ आज काठमाडौंका लागि पठाइएको छ ।
तपाइँको प्रतिक्रिया