सुरक्षाकर्मीले धकेल्ने, दलका कार्यकर्ताको तानातानमा परेर शर्मा लड्दा गठबन्धनको अतिरन्जित !

कावासोती, असोज २६
नवलपुरको मनोनयन फिर्ताको अन्तिम समयमा किशन शर्माले मनोनयन फिर्ता लिन आनाकानी गर्दा बिवाद शुरु भएको हो । १ बजे सम्म माओवादीबाट उम्मेदवार बनेका शर्मा फोनमा व्यस्त थिए । कुनै फोनको प्रतिक्षामा बसेको जस्तो देखिने शर्मा १ बजेर तीन मिनेटमा बाहिर निस्कन खोजेका थिए । तर उनलाई आफ्ना केही कार्यकर्ताले छेकेका थिए ।
समय १ बजेर ५ मिने पुग्दा सम्म शर्माले मनोनयन फिर्ता गरेका थिएनन् । त्यसपछि विवाद शुरु भएको हो । विवादका बिच प्रहरीले बाहिर निकाल्न धकल्ने र अन्य दलका कोहि भित्र धकल्ने ,कोहि बाहिर तान्दा लडेका उनिलाई अतिरन्जित बनाउने काममा गठबन्धन लागेको एमालेको आरोप छ ।
मनोनयको समय १ बजे सकिएपछि त्यसको १ घण्टा पछि २ बजे किशन शर्मालाई उपचारको लागि लगिएको थियो । त्यसपछि चेकअपको फोटो सार्वजनिक गरिएको छ ।
उनको मनोनयनपछि विभिन्न टिप्पणी सामाजिक संजालमा आएका थिए । शर्मा चुनाव लड्ने मनसायमा नरहेको र उम्मेदवारी फिर्ता लिने मनसायमा पुगेको यसअघि नै राजनीतिक वृतमा चर्चा चलेको थियो ।
अन्तिम समयमा काङ्ग्रेसका विष्णुकमार कार्कीले केन्द्रबाट दवाब बढाएपछि निर्वाचन क्षेत्र हेरफेरमा पुगेको थियो।
प्रदेशको निर्वाचन क्षेत्र अघिल्लो बाडफाडलाई फेरि २क मा उम्मेदवारी दिएका विष्णुप्रसाद लामिछानेको मनोनयन फिर्ताको लागि परिपत्र आएपछि उनले उम्मेदवारी फिर्ता लिएकाछन् । सोहि सम्झौता अनुसार संघ माओवादीले काङ्ग्रेसलाई बुझाएको हो ।
तपाइँको प्रतिक्रिया