सुरक्षित पुर्याइयो बाघलाई निकुञ्ज

बिबेक भण्डारी माघ १८ , नवलपरासीको गैडाकोट ९ थुम्सिमा गाउं पसेर आतंक मच्याउने पाटे बाघंलाई सोमबार राती नियन्त्रणमा लिएर निकुन्ज मा छोडिएको छ । सोमबार बिहान चितवन राष्ट्रिय निकुन्ज बाट निस्केको बाघ गाउं पसेको थियो । विहानै गाउंमा बाघं देखेर हारगुहार गर्दै चिच्याउन लागेपछि बाघ युनाइटेड पोलिस्याक्सको पर्खाल नाघेर उद्योग भित्र प्रवेश गरेको थियो । कोठा भित्र पसेको बाघलाई बाहीर बाट ताल्चा लगाएर राखीएकाले नियन्त्रणमा लिन सहज भएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्णप्रसाद देवकोटाले बताए । सम्भावित घटनालाई मध्यनजर गर्दै सोहि उद्योग बरपर सेतो कपडाले घेरा हालेर सुरक्षाकर्मीले पहरा दिईराखेका थिए । चितवन राष्ट्रिय निकुन्जको टोली आए पछि बाघं लाई नियन्त्रण लिएर मध्ये राती राष्ट्रिय निकुन्जमा छाडीएको प्रमुख देवकोटाले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया