सुर्खेतमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार !

काठमाडौं, कात्तिक २३
चुनावी दौडाहाका क्रममा सुर्खेत पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन ।
कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले भने जुत्ता प्रहार हुनै लाग्दा रोकेको दाबी गरेको छ ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अवलचिंगस्थित प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । इमेज खबरबाट
तपाइँको प्रतिक्रिया