सुस्तावासीलाई आफ्नौ गाविस कार्यालय भवन आउन पनि जोखिम

पुरुषोत्तम सुबेदी
नवलपरासी, १५ बैशाख । नवलपरासीको सुस्ताबासीलाई यतिबेला आफ्नो गाउं बिकास समितीको कार्यालय आउन पनि निकै कठिन छ । भारतको बाटो जादा भारतिय सुरक्षाकर्मीको चरम दुब्र्यवहार र नेपाली बाटो आउदा नारायणी नदीमा निकै पानी हुने हुदा डुगाको जोखिमपुर्ण यात्राका कारण गाविसमा आउन पनि सुस्ताबासीका निकै सास्ती भोग्नुपर्ने बाध्यता छ । आफ्नै गाविस कार्यालय भवन त्रिवणी जानका लागी नेपाल तर्फबाट नारायणी नदिमा पुल नभएकाले जोखिम पूर्ण डुंगा तरेर आउन पनि निकै समस्या छ । तर अन्य बैकल्पीक बाटो नहुदा भारत विहारको बाटो हुदै हिड्दा भारतिय सुरक्षाकर्मीले दुख दिने गरेका छन् ।
नारायणी नदीमा पुल बनाउने कुरा धेरै पटक चलेको
भएता पनि अहिले सम्म पुल निर्माण हुन नसक्दा दैनिक रुपमा चाहिने सामानका लागी सुस्तावासी भारतीय बजार जान बाध्य छन । तरपनि सुस्ताबासीले नारायणी नदीमा पुल बन्ने आस अहिलेसम्म मारेका छैनन् ।
२ सय ६५घर धुरि रहेको सुस्तामा करिब २ हजार ५ सय जनसंख्या छ । सुस्ताबासीलाई आफ्नौ गाविस कार्यालय भवन डुगांमा जोखिम पुर्ण यात्रा गरी आउनुपर्ने बाध्यता छ । यस प्रति राज्यको ध्यान पुग्नु जरुरी रहेको सुस्ताबासीको भनाई छ ।
तपाइँको प्रतिक्रिया