सूचनाको हक लोकतन्त्रको आधारभूत पक्ष हो, प्रधानमन्त्रि के पि ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हक लोकतन्त्रको आधारभूत पक्ष भएको बताउनुभएको छ । आइतबार सिंहदरबारमा सूचनाको हकसम्बन्धी एने २०६४ को दफा २५ बमोजिम राष्ट्रिय सूचना आयोगद्धारा आर्थिक वर्ष २०७१÷७२ मा सम्पादित कार्यक्रमको बार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले अधिकार सम्पन्न जनता र सुव्यवस्थित समाज निर्माणमा सूचनाको हकको प्रयोगले योगदान पुराउने बताउनुभयो । मुलुकले भर्खरै लोकतन्त्र प्राप्त गरेकाले के कस्ता सूचना कुन विधि र प्रक्रिया प्रयोग गरेर लिन सकिन्छ भन्नेमा अन्योलता हटाई सरल र सहज व्यवस्था मिलाउन निर्देशन पनि प्रधानमन्त्री ओलीले दिनुभयो । प्रधानमन्त्री ओलीले सार्वभौमसत्ता, अखण्डता र राष्ट्र हितसँग सरोकार राख्ने तथा अपराध र आतङ्कवादजस्ता अनुसन्धानका क्रममा रहेको विषयमा सूचना प्रवाह हुन नसक्ने पक्षलाई सबैले बुभ्mन आवश्यक रहेको औल्याउनुभयो । आयोगका अध्यक्ष कृष्णहरि बाँस्कोटाले आयोग स्थापनादेखि हालसम्म भएका कार्यक्रममा बिषयमा जानकारी गराउदै अघिल्लो आर्थिक बर्षमा सम्पादित कार्यहरुका बिषयमा जानकारी गराउनुभएको थियो । विसं २०६५ मा स्थापना भएको आयोगको अघिल्लो वर्षको पुस ३० गतेदेखि अध्यक्ष बाँस्कोटाले नेतृत्व गर्दै आउनुभएको छ ।
तपाइँको प्रतिक्रिया