सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति

शुक्रवार माघ १ अर्थात मकर सक्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले शुक्रवार नवपरासीको त्रिवेणी , देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, , रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्म्सिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पूण्य प्राप्त गरी मनकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यसै अवसरमा कावासोती स्थीत जनजागरण युवा क्लवले विविध खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । मकर सक्रान्तिको अवसरमा कावासोती लगायतका स्थानमा विभिद कार्यक्रमको आयोजना गरिएको थियो । त्यस्तै नेपाल मगर सघ नगर समिति कावासोतीको आयोजनामा शुभ कामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।
तपाइँको प्रतिक्रिया