सोमबारदेखि अन्तर विद्यालय क्रिकेट प्रतियोगिता भरतपुरमा सुरु

३ जेठ,भरतपुरमा आजदेखि अन्तर विद्यालय टी ट्वाण्टी क्रिकेट प्रतियोगिता हुँदैछ । स्पोर्टस साइन्स एकेडमी चितवनको सहकार्यको आयोजना तथा सेण्ट जेभियर्स इन्स्टिच्यूट भरतपुरको मुख्य प्रायोजनमा वीरेन्द्र बहुमुखि क्याम्पसको नौ विगाहा क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । कार्यक्रम संयोजक अनिल अधिकारीले प्रतियोगितामा करिव १८ विद्यालयहरुको सहभागिता रहने बताए । एसएलसी दिएर बसेका ५ जना विद्यार्थीहरुबाट एक समुह बनाएर टिम दर्ता गराएका छन् । सेण्ट जेभियर्स इन्स्टिच्यूट भरतपुरका प्रशान्त अधिकारीले प्रतियोगितामा सहभागि टोलीहरुमध्येबाट उत्कृष्ट खेलाडीहरुलाई ६० हजार बराबरको छात्रवृत्ति प्रदान गरिने बताए । खेल संस्कृतिको विकासका निम्ति विद्यार्थीलाई समेटेर प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।करिव १ लाख बजेटको लागतमा सञ्चालन हुने प्रतियोगिता जेठ १५ गतेसम्म हुनेछ । भरतपुर क्रिकेट क्लब, सनराईज भूतपूर्व विद्यार्थी समाज लगायतका संस्थाहरुले प्रतियोगितालाई सहयोग गरेका छन् ।
तपाइँको प्रतिक्रिया