सोमबार राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्ती देश भर मनाईयो

राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै उहाँको सालिकमा माल्यार्पण गरिएको छ । नवलपरासीको कावासोतीमा रहेको पृथ्वीनारायण साहको तस्वीरमा माल्यारर्पर्ण साथै फलफुल चोक देखि सभापतिचोक सम्म पृथ्वीनारायण शाहको सम्झनामा वजार परिक्रमा गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण साहले दक्षिणतर्फ अङ्ग्रेजको दबदबा रहेका बखत स–साना राज्य रजौटालाई एकीकरण गरेर विशाल नेपाल निर्माण गर्नुभएको थियो । त्यस्तै उपत्यकामा पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उपप्रधानमन्त्रीद्वय कमल थापा र सिपी मैनाली, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका व्यक्ति सिंहदरबार पश्चिम ढोका पुग्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया