सौन्दर्य संगठन नेपाल, भरतपुरको तीजको शुभकामना आदानप्रदान तथा नयाँ सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

चितवन, भाद्र ९
सौन्दर्य संगठन नेपाल, भरतपुर महानगर कमिटीले भरतपुरको जागृती चोकमा तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार भएको कार्यक्रममा संगठनमा आबद्ध दिदिबहिनीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरि दरखाँदै नाँचगान गरि रमाईलो गरेका थिए ।
कार्यक्रममा संगठनमा आबद्ध भएका नयाँ सदस्यता लिएका साथीहरुलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
सौन्दर्य संगठन नेपाल, भरतपुर महानगर कमिटीकी अध्यक्ष लक्ष्मी अम्गाईको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका अध्यक्ष गोबिन्द प्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति अर्यालले हामीले प्रयोग गर्ने सौन्दर्यका सामानहरु सस्तो भन्दा पनि केमिकलमुक्त ब्रान्डेड प्रोडक्टहरु प्रयोेग गर्नुपर्ने बताउनुभयो ।
बजारमा आएका विभिन्न केमिकलयुक्त प्रोडक्टहरुले मानिसको स्वास्थ्यमा प्रत्यक्षरुपमा नकारात्मक असर गरेको बताउनुभयो । यसका लागि सौन्दर्य पेशामा लागेका दिदिबहिनीहरुले मुनाफा भन्दा पनि गुणस्तरीय प्रोडक्टहरुमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एकिकृत ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका अध्यक्ष गोबिन्द प्रसाद अर्याल र सौन्दर्य संगठन नेपाल, केन्द्रिय सदस्य एबं बाग्मती प्रदेश अध्यक्ष सुस्मा तामाङ्गलाई खादा ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित तामाङ्ग गत स्थानीय चुनाबमा भरतपुर महानगरको उप–मेयर पदमा मंगोल नेश्नल अर्गनाईजेशन पार्टीबाट समेत चुनाबी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
कार्यक्रममा संगठनको केन्द्रीय उपमहासचिव बालकुमारी रानाभाटको विशेष आतिथ्यता रहेको थियो कार्यक्रममा बोल्दै उहाँले सम्पूर्ण सौन्दर्यकर्मीहरुलाई एकजुट भएर अघि बढ्न र सौन्दर्यकर्मीहरुको पेशामा इमान्दार र मर्यादित भएर काम गर्नका लागि सुभाब सँगै शुभकामना दिनुभयो ।
अतिथिहरुमा संगठनको केन्द्रिय सचिब अनिता आचार्य, केन्द्रिय प्रचार सचिव राधिका थापामगर, चितवन जिल्ला अध्यक्ष सीता गुरुङ्ग, कुलप्रसाद गैरे, सुमी नेपाल आदिको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन संगठनका केन्द्रिय सदस्य एवं बाग्मती प्रदेश अध्यक्ष सुस्मा तामाङ्गले गर्नुभएको थियो ।
कार्यक्रमको ब्यवस्थापकीय पाटोमा मुस्कान हर्बल शप, वाईल्ड हर्बल प्रोडक्ट र पायस कम्पनी ले आर्थिक सहयोग गरेका थिए ।
तपाइँको प्रतिक्रिया