स्थानिय तहले आत्म निर्भर हुने कार्यक्रम ल्याउनुपर्छ : मुख्यमन्त्री गुरुङ

गोरखा, १ साउन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले स्थानिय तहले आत्म निर्भर हुने कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभएको छ । आज गोरखाको गण्डकी गाउँपालिकाको तेश्रो गाउँसभामा बोल्दै मुख्यमन्त्री गुरुङले स्थानिय तहले आत्म निर्भर हुने तथा जनकल्याणकारी कार्यक्रम लयउनु पर्ने र त्यस्ता कार्यक्रमहरुमा प्रदेश सरकारले आखाँ चिम्लेर सहयोग गर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री गुरुङले भन्नुभयो“ हरेक स्थानिय तहले आत्म निर्भर हुने कार्यक्रम ल्याउनुपर्छ, हामीले जुन योजना कार्यक्रममा लगानी गर्दा प्रदेश स्थानिय तह आत्मनिर्भर बन्न सक्छ त्यसमा लगानी गर्न प्रदेश सकार तयर छ ।, जुन योजनाले रोजगार प्रदान गर्छ, जसले गरिवि निबारण गर्छ, उत्पादन बृद्धि गर्छ व्यवसाय बढाउँछ त्यसमा प्रदेश सरकारले आँखा चिम्लिएर सहयोग गर्छ , सानातिना कुनै अत्तोपत्तो नभएको योजनामा प्रदेश सकारले पैसा दिदैनौँ । ” कतीपय स्थानिय तहमा पञ्चायतकलिन बजेट ल्याएको मुख्यमन्त्री गुरुङको भनाईछ ।
उहाँले स्थानिय तहले १५ बर्षभित्र के गर्न सकिन्छ दिर्घकालिन योजना निर्माण गर्नु पर्ने बताउनुभयो । सुरुमा पाँच बर्षिय तत्कालिन योजना बनाउने पाँच बर्षमा के गर्न सकिन्छ, त्यपछि दश र पन्ध्र बर्षको योजनाको खाका कोर्नु पर्ने मुख्यमन्त्री गुरुङको सुझाव छ ।
उहाँले गण्डकी प्रदेशले पर्यटनलाई प्राथमिकता दिएको बताउनुभयो। प्रशसस्त रोजगारको व्यस्था सिर्जना गर्ने र अहिले भएको १४ प्रतिशत गरिवीको रेखामुनी रहेका जनताहरुको संख्या घटाएर पाँच बर्षमा ७ प्रतिशतमा झार्ने योजना रेहको बताउनभयो ।
साथै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको सबै गाउँपालिकाको केन्द्रलाई सडकसञ्जालले जोड्ने बताउनुभयो । अबको तीनबर्षभित्र प्रदेशको राजधानीबाट सबै स्थानीय तहको केन्द्रसम्म सडक सञ्जालले जोडीने उहाँको भनाई छ ।
गण्डकी गाउँपालिकाको केन्द्र जोड्ने सडक ३ बर्ष भित्र कालोपत्रे गरिने र एकहजार जना अट्ने सभा हल निर्माण गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गण्डकी गाउँपालिकाको बजेट ४२ करोड ९५ लाख ८९ हजार ३८३
गण्डकी गाउँपालिकाले आर्थिक बर्ष ०७५/ 0७६ का लागि बजेट सार्वजिनक गरिएको छ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबीच बजेट सार्वजिनक गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले अगामि आर्थिक बर्ष २०७५/७६ कालागि ४२ करोड ९५ लाख ८९ हजार ३८३ रुपैयाँबजेट सार्वजनिक गर्नुभयो ।जसमा पूँजीगत तर्फ रु १६ करोड ७५ लाख २० हजार ३८३ र चालु तर्फ रु २६ करोड २० लाख ६९ हजार अनुमान गरिएको छ ।
आन्तरिक तर्फ रु १ करोड ४८ लाख ७५ हजार र बाह्य श्रोत तर्फ ४१ करोड ४७ लाख १४ हजार ३८३ रहेको अध्यक्ष रानाले बताउनुभयो ।
बजेटमा पर्यटन कृषि विकासका पुर्वाधार निर्माण लगायतका विषयलाई प्राथमिकतामा राखिएको अध्यक्ष होम बहादुर रानाले जानकारी दिनुभयो ।
कार्यक्रममा भौतिक पुर्वाधारमन्त्री राम शरण बस्नेत , भूमी व्यावस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
साथै आज गण्डकी गाउँपालिका स्थित पर्यटकीय स्थल भैरबीटारको मुख्यामन्त्री मन्त्री पृथ्वी सुव्वा गुरुङ, भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत , र भूमी व्यावस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले पर्उटकीय स्थल भैरबीटारको अवलोकन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया