स्थानीयले गरे नारायणगढ बुटवल सडक खण्डमा चक्काजाम, मर्मत सम्भारमा वेवास्ता गरेको भन्दै संघर्ष समिति गठन

गैंडाकोट, भाद्र २७
गैंडाकोट १०, ११, १२ र १३ (साबिक मुकुन्दपुर) का स्थानीयले सोमबार नारायणगढ बुटवल सडक खण्डको मर्मत सम्भारमा वेवास्ता गरेको भन्दै करिब १ घण्टा सांकेतिक रुपमा सडक अबरुद्ध गरेका छन् । चाडबाड नजिकिदै गर्दा यो सडकको मर्मत र विस्तारको काम झन ढिलो भएको र दशैं पश्चात काम सुरु गरिने भनिएपछि झनै आक्रोसित बनेका हुन् ।
अहिले वर्षायाममा यो सडक भएर हिड्न निकै कष्टपुर्ण रहेको छ । सडकमा ठुला ठुला खाल्डा परेका छन् । दैनिक रुपमा यस सडक भएर यात्रा गर्ने यात्रुहरु विभिन्न ठाउँमा सडक दुर्घटनामा परिरहेका छन् । चर्को घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य यो सडकको मुख्य विशेषता हो । सडकको मर्मत नहुनु र साना देखी ठुला मालबाहक ट्रकहरु हिड्ने यो सडकले दिनानुदिन दुर्घटनाहरु बढाउँदै गईरहेको छ ।
सडक विभाग र सडक विस्तारको जिम्मा पाएको ठेकेदारका कारण यो सडक अस्तब्यस्त बन्दै गएको हो । स्थानीय सरकारले समेत यसको मर्मतमा समय समयमा सम्बन्धित निकायमा कडा खबरदारी नगर्दा झनै अलपत्र जस्तै बनेको छ ।
नवलपुरदेखि नजिकैको ठुलो बजार नारायणगढमा रोजगारी र किनमेलका लागि दैनिक हजारै मानिसहरु यहि सडकमा जोखिम मोलेर हिड्न बाध्य छन् तर यस विषयमा यस क्षेत्रका जनप्रतिनिधिहरु पनि मौन जस्तै छन् ।
सोमबार साविक मुकुन्दपुर वासीहरु यो समस्या समाधान तत्काल होस भन्ने उद्देश्यले अहिले गैंडाकोट वडा नं. १० का वडाध्यक्ष देविदत्त कंडेलको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ । अब यो समितिले सरोकारवाला पक्षहरु सँग समस्या समाधानको लागि पहल गर्ने र नमानेमा ढिलाई गरेमा थप कडा संघर्षका कार्यक्रमहर राख्ने बताएको छ ।
यो सडक देशको मुख्य र ब्यस्त सडकहरु मध्येमा एक हो । प्रधानमन्त्री केपि शर्मा वलीको पालामा बुटवल नारायणगढ सडक खण्डको विस्तार र स्तर उन्नती गर्ने भनि चिनिया कम्पनीलाई ठेक्का दिईएको थियो । तर सरकार परिवर्तन र कोरोना महामारीका कारण यो आयोजना भन अस्तब्यत बन्दै गएको हो । हालै मात्र यो आयोजनाको म्याद थप भएको छ तर ठेकेदार कम्पनी भने दशैं पछि मात्र काम सुरु गर्ने भनि आलटाल गरिरहेको छ । नेपालीहरुको महान चाडवाडहरु नजिकिदै गर्दा यो सडकमा यातायातका साधनहरुको चाप झन् बढ्दो छ । भोलीका दिनमा गम्भिर दुर्घटना समेत हुन सक्छ त्यसैले यसमा सरोकारवाला पक्ष अब भने सुध्रिन र सजक हुन जरुरी छ ।
तपाइँको प्रतिक्रिया