स्थानीय क्षेत्रमा आतंक फैलाउदै कोकाकोला उत्पादक कम्पनी

चितवन, भाद्र २९
चितवनको भरतपुरमा रहेको तराई बोर्टलर्स कम्पनि प्रा.लि.कोकाकोला कम्पनिले स्थानीय क्षेत्रमा आतंक फैलाएको छ । कम्पनिले गर्ने ध्वनि प्रदुषणका कारण कम्पनि आसपासका स्थानीयहरु निकै ठुलो तनावमा बस्न बाध्य भएका छन् । कम्पनिको पछाडीको क्षेत्रमा घर बनाएर बसेका स्थानीय समुदायहरु त्यसको मेसिनको चर्को आवाजका कारण कान समेत कम सुन्ने अर्थात बैरो हुने समयामा परेको गुनासो गरेका छन् ।
हरेक दिन २४ घन्टा त्यहाँ मेसिन कराएको आवाजले स्थानीयहरु राम्रो सँग घरमा निदाउन समेत नपाएको गुनासो गरेका छन् । कोही पाहुना आउदा पनि गफ गर्नै नपाईने घरमा एकजनाले बोलेको अर्कोले नसुन्ने अवस्था सृजना भएको स्थानीयको दुखेसो छ । कम्पनिले ध्वनी प्रदुषण मात्र नभई वायु प्रदुषण समेत गर्ने गरेको छ । दैनिक ५ देखी ७ पटक सम्म त अतिनै नराम्रो सिनो गन्हाए भन्दा पनि बढि गन्हाउने प्रदुषित हावा बाहिर फाल्ने र त्यसले गर्दा बोमिटै आउने गरेको स्थानीयहरुको दुखेसो छ ।
कारखानाले त्यहाको प्रदुषित पानि समेत त्यसै फाल्ने गरेको छ जसले गर्दा कारखाना आसपासको क्षेत्रमा फोहोर पानिको ताल पर्ने र त्यसले खानेपानीमा समेत असर गरेको स्थानीयहरु बताउँछन् ।
कारखानाकै कारण आसपासका क्षेत्रका मानिसहरु अधिकांश बिरामी पर्ने गरेको उनिहरुको भनाई छ । कारखाना सँगै घर जोडिएका स्थानीय बासिन्दाले नाम नबताउने शर्तमा कारखानाकै कारण आफनो घरका अधिकांश सदस्य बिरामी परेको बताउनु भयो ।
त्यहाँ ध्वनि प्रदुषण वायु प्रदुषण, जल प्रदुषण सबै क्षेत्र नै प्रदुषित पारि बाँच्न पाउने अधिकार कारखानाले खोसेको उहाँको दुखेसो छ ।
पटक पटक टोलका सबै अगुवाहरुलाई भन्दा पनि समस्या कहिल्यै समाधान नभएको र सबै जना पैसामा नै बिकेकाले समस्या भएको उहाँको तर्क छ ।
तपाइँको प्रतिक्रिया