स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखमा गैँडाकोट नगरपालिका प्रथम

गैँडाकोट, ९ मंसिर । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहमा सूचना प्रविधि क्षमताको लेखाजोखाको मूल्याङ्कन प्रतिवेदन अनुसार नवलपुरको गैँडाकोट नगरपालिका पहिलो भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गैँडाकोट नगरपालिका पहिलो भएको हो । जिल्लाभर प्रथम भएको गैँडाकोट नगरपालिका देशभरबाट १६ औं स्थानमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
देवचुली जिल्लामा दोस्रो र देशभरबाट २७औँ स्थानमा रहेको छ । त्यस्तै विनयी त्रिवेणी १८६औँ, मध्यविन्दु २०४औँ स्थानमा र बुलिङटार ४०२औँ स्थानमा रहेको छ । नवलपुरका अन्य पालिकले मन्त्रालयले दिएको समयसिमाभित्र सहभागिता जनाएनन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा गर्न विभिन्न ७ विधाहरुमा ५० वटा सूचांकहरुको आधारमा मुल्यांकन गरी नतिजा प्रकाशन गरेको हो । गैँडाकोट नगरपालिकाले ६७ अंक प्राप्त गरेको छ ।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विकास निर्माणदेखि सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गरि जिल्लामा प्रथम र देशभरमा १६औं स्थानमा आउनुु खुसीको कुरा भएको बताउनुु भयो । उहाँले सबै वडाको प्रयासबाट यो सम्भव भएको भन्दै सन्तुष्ट पद्धतीलाई शहरीकरण गरेर आगामी दिनमा अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया