स्मल हेभन मोडेल स्कुलमा अन्तर विद्यालय निबन्ध प्रतियोगीता, प्रतियोगीता जित्नेलाई साईकल उपहार

माघ १४ ,
स्मल हेभन मोडेल स्कुलमा भोली अन्तर विद्यालय निबन्ध प्रतियोगीता हुने भएको छ । स्कुलमा सक्रिय रहेको इन्ट्रयाक्ट क्लव अफ स्मल हेभन मोडेल स्कुल र स्मल हेभन मोडेल स्कुल साइकिलिङ क्लवको संयुक्त आयोजनामा निबन्ध प्रतियोगीता हुन लागेको हो । स्कुलका प्रचार्य बिमल कुमार क्षेत्रीका अनुसार प्रतियोगीतामा भरतपुर महानगरपालिका भित्रका विभिन्न विद्यालयका ३५ जना बढि विद्यार्थी सहभागी हुनेछन् । विद्यार्थीहरुले नेपाल भ्रमण वर्षमा मेरो भुमिका, वातावरण संरक्षणमा विद्यार्थीहरुको भुमिका, साईकल र वातावरण जुनसुकै एक विसयमा स्थलगत रुपमा निबन्ध लेख्नु पर्नेछ ।
प्रतियोगीतामा विद्यार्थीहरुले नेपाली वा अंग्रेजी जुनसुकै भाषामा निबन्ध लेख्न सक्ने छन् । १ घण्टा समय भित्र विद्यार्थीहरु २ सय ५० देखि ३ सय शब्द लेख्नु पर्नेछ । निबन्ध प्रतियोगीतामा प्रथम द्धितिय र तृतिय हुनेहरुलाई साईकल प्रदान गरिने स्मल हेभन स्कुलकी शिक्षीका एवम् साईकल अभियन्ताको परिचय बनाउनु भएको रुकमिणी सापकोटा घिमिरेले जानकारी दिनुभयो । पछिल्लो समय साईकलको महतो विद्यार्थीमा घट्दै गएकोले यसको महत्तो बुझाउन साईकल पुरस्कर राखेको उहाँले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया