स्याङ्जा महोत्सव हुँदै

स्याङ्जा जिल्लाको दक्षिण पूर्वमा रहेको क्याक्मी गाबिसमा क्याक्मी उत्सव हुने भएको छ । आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे क्याक्मी उत्सव २०७२ प्रचार प्रसार समितिले आगामी कार्तिक ६ गतेदेखि ९ गतेसम्म क्याक्मी उत्सव हुने जनाएको हो । क्याक्मी गाबिसमा उत्पादित स्थानिय फलफूल तथा सामाग्रीहरुको पहिचानका लागी बिभिन्न स्टल राखेर प्रर्दशन गरिने आयोजकले जनाएको छ । त्यस्तै त्यस क्षेत्रमा पर्यटकिय बिकास गर्दे आर्थिक सम्पन्नतालाइ आधार बनाउन सकिने महत्वका साथ उत्सव आयोजन गरिको पत्रकार सम्मेलनमा जानकारी दिईयो । भौगोलिक हिसावले दुर्गम गाबिस क्याक्मी तनहु , नवरपरासी , पाल्पा आदी जिल्लाहरुसंग जोडिएको छ ।
तपाइँको प्रतिक्रिया