स्यालो (ह्यान्डपाइप) ट्युववेलमा कम पानी

नवलपरासी, वैशाख ३० –
नवलपरासीको तराई क्षेत्रका स्यालो (ह्यान्डपाइप) ट्युववेलमा कम पानी आउन थालेको छ । लामो खडेरीका कारण जमिन मुनिको पानीको सतह तल तल सर्दै गएपछि स्यालो ट्युववेलमा पानी आउन छाडेको हो । लामो खडेरीले जमिन मुनिको पानीमा परेको असरले स्यालो ट्युववेलमा पानी नआएको जानकारले बताएका छन् । स्यालो ट्युववेलमा पानी कम आउन थाले पनि स्थानीयवासी पानीको हाहाकार हुने डरले त्रसित भएका छन् । यसरी पानीको समस्या देखिएपछि किसानलाई व्यावसायिक रुपमा तरकारी खेती गर्न समेत समस्या भएको छ । तराई क्षेत्रमा स्यालो ट्युववेलमा पानी कम आएपछि सबैभन्दा बढी तरकारी कृषक मारमा परेका छन् । जलवायु परिवर्तनका कारण भूमिगत जल सतहमा परेको प्रभावले जमिन मुनिको पानी सुक्दै जान थालेको वातावरणविज्ञ सुदर्शन खरवारले बताए । नवलपरासीको सदरमुकाम परासीसहित जिल्लाको सीमावर्ती गाविसमा यो समस्या बढी मात्रामा देखिएको छ ।
तपाइँको प्रतिक्रिया