स्वतन्त्र भूतपूर्व सैनिक वचत तथा ऋण सहकारी सस्था लि. को ११ औँ वार्षिक साधारण सभा सम्पन्न

हिमा अर्याल, गैँडाकोट, २७ कार्तिक ।
स्वतन्त्र भूतपूर्व सैनिक वचत तथा ऋण सहकारी संस्था लि. को ११ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सस्था अन्तर्गत रहेका भूतपूर्व सैनिक जनकल्याणकारी सस्थाको १४ औँ र भूतपूर्व सैनिक महिला समुहको बाह्रौ साधारणसभा पनि शनिवार नै सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णु कुमारी कंडेलले महिलाहरुपनि उद्यमशिल बन्न जरुरी रहेको बताउनु भएको छ । महिलाहरु उद्यमशिल बन्न सके त्यसले आफ्नो व्यक्तित्व विकास हुने र महिलाहरु आर्थिक रुपले पनि सक्षम बन्न सक्ने बताउनु भयो । नगरपालिकामा महिला लक्षीत कार्यक्रम रहेको जानकारी दिदै त्यस्ता कार्यक्रममा सहभागित हुन आव्हान समेत गर्नु भयो । स्वतन्त्र भूतपूर्व सैनिक बचतलाई सेयर सदस्यको चाहाना अनुरुप कार्यक्रमहरु ल्याउन आग्रह गर्दै आर्थिक रुपले सस्था थप बलियो बनोस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष भूपाल सिहं छन्त्याल थापाले संस्था र सेयर सदस्यहरुलाई बढी लाभदायी नीति तथा कार्यहरु अवलम्बन गदै सस्था अगाडि बढिरहेको बताउनु भयो ।सस्थाले चालु आर्थिक वर्षमा सुत्केरी कार्यक्रम बापत रु १ हजार, सदस्य मरोणापरान्त राहत बापत हकवालालाई १५ हजार ८५ वर्ष काटेका बृद्धहरुलाई मासिक ३ सय रुपैया वितरण गर्दै आएको जानकारी दिनु भयो । सस्थाले निकट भविष्यमै नवलपुर र चितवनमा पनि आफ्नो कार्यक्षेत्र बढाउने लक्ष्य रहको पनि अध्यक्ष छन्त्यालले बताउनु भयो ।
सस्थाले भूतपूर्व सैनिकहरुलाई नेपाल एसविआई बैकंको सहकार्यमा सहकारीबाटै पेन्सन समेत उपलव्ध गराउदै आईरहेको सस्थाका व्यवस्थापक शिव पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रममा कोषाध्यक्ष तम बहादुर क्षेत्रीले आर्थिक प्रतिवेदन पेश गर्दै सस्थाको कुल सेयर पुँजी १ करोड ७० लाख पुगेको जानकारी गराउनु भयो । त्यसैगरी सस्थाको निक्षेप संकलन २३ करोड २० लाख रहेको छ भने २१ करोड भन्दा बढि रकम लगानिमा रहेको पनि कोषाध्यक्ष क्षेत्रीले बताउनु भयो ।
लेखा समितिको प्रतिवेदन संयोजक दुर्गाबहादुर पुनले राख्नु भएको थियो । सस्थाका व्यवस्थापक शिव पौडेलले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने कार्यकं्रम सस्थाका अध्यक्ष भूपाल सिंह छन्त्याल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । सस्थाको २४ सय ५० सेयर सदस्य रहेका छन् । यस सस्थाले बाह् ऋण तर्फ नेपाल सरकार अर्थ मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट रु ५० लाख ऋण लिई शेयर सदस्यहरुलाई कर्जा प्रवाह पनि गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया