स्वाथ्य विज्ञान प्रतिष्ठान बनाउने अभियानमा पुर्ण साथ र सहयोग छ : स्वाथ्य मन्त्री थापा

बुटवल २०, स्वाथ्य मन्त्री गगनकुमार थापाले बुटवलको लुम्बिनी अञ्चल अस्पताललाई लुम्बिनी स्वाथ्य विज्ञान प्रतिष्ठान बनाउने अभियानमा आफ्नो पुर्ण साथ र सहयोग रहेको बताउनु भएको छ । उहांले यस क्षेत्रका जनताललाई फाईदा हुने गरि यसललाई रुपान्तरण गर्नका लागि आफ्नो भुमिका रहने बताउनु भयो । उक्त अभियानले बुटवलमा अयोजना गरेको कार्यक्रममा बोल्दै उहांले अभिया सफल हुने विश्वाश समेत दिलाउनु भयो । उहांले अस्पतालको स्तरबृद्धि देखि भोतिक पुर्वाधार थप गर्ने कायमासरकारले काम गरिरहेको समेत बताउनु भयो । कार्यक्रममा बोल्दै संसद अब्दुल रज्जाकले लुम्बिनी अञ्चल अस्पताल सबै साधन स्रोतले सम्पन्न् भएकोले यसललाई प्रतिष्ठान बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहांले आफुले संसद तथा अन्य फेरम हरुमा यस विषयमा आवाज उठाउदै आएको बताउदै देशकै आशा र भरोसा गरि युवा नेता तथा मन्त्रीबाट यस क्षेत्रका जनताले ठुलो आशा गरेको समेत बचाउनु भयो । कार्यक्रममा बोल्दै उत अभियानका अभियान्ता मुक्ती पौडेलले अस्पतालको स्तरबृद्धि गरि विज्ञान प्रतिष्ठान बनाउनका लागि लुम्बिनीका जनताको एउटै आवाज रहेको भन्दै ति जनताको भावनालाई सम्बोधन गर्न सरकारललाई आग्रह गर्नु भयो । उहांले लुम्बिनी अञ्चलका सबै स्थानमा पुगेर जनमत संकलन अर्थात हस्ताक्षर संकलन गरिएको भन्दै यसललाई कार्यानयनको दिशा लैजानका लागि सरकारबाट पुर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा उहांले केहि समय अघि देखि संकलन गरिएका एक लाख ५० हजार जनताको हस्ताक्षर तथा ऐक्यउवद्धता हस्ताक्षर मन्त्री थापाललाई बुझाइएको बताउनु भयो ।
तपाइँको प्रतिक्रिया