स्वास्थ्य केन्द्र उदघाटन, २५ सय स्थानिय लाभान्वित

विबेक भण्डारी २६,
नवलपरासी जिल्लाको देवचुलीनगरपालीका ४ शान्ति डाडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यलय र नगरपालीकाको सहयोगमा सो स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । करिव एक कठाको जमिनमा रहेको आमा समुहको भवनमा सो स्वास्थ्य केन्द्र स्थापना गरिएको स्वास्थ्य केन्द्रका संञ्चालक बलराम गौतमले जानकारी दिनुभयो । देवचुलिनगरपालीकामा रहेको दुम्कौली प्रथमीक स्वास्थ्य केन्द्रमा जाने स्थानियले अव शान्ति डाडाबाट नै स्वास्थ्य सम्बन्धि सेवा पाउने भए पछि स्थानिय खुशी देखिन्छन । बुधवार एक कार्यक्रमको आयोजना गरि सो स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । स्वास्थ्य केन्द्र जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख डा अरुण कुमार महतोले उद्घाटन गर्नुभएको स्वास्थ्य चौकि उद्घाटन गदै जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख महतोले ग्रामि क्षेत्रमा शहरी स्वास्थ्य केन्द्र आवस्यक हुने र यसबाट स्थानियलाई तत्काल उपचार उपलब्घ हुने वताउनुभयो । महतोले विशेष गरेर ग्रामिण क्षेत्रमा स्वास्थ्य पहुच पु¥याउन अवस्यक रहेको वताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख डा अरुण कुमार महतोको प्रमुख आतिथ्यता, जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका जन स्वास्थ्य निरिक्षक रामचन्द्र पौडेलको विशेष आतिथ्यता रहेको थियो । सो शहरी स्वास्थ्य केन्द्र द्धारा शान्ति डाडा सहित करिव २५ सय घर परिवार लावान्भीत हुने छन् सो स्वास्थ्य केन्द्र स्थापनामा जिल्ला जनस्वास्थ्य कार्यलयको २ लाख रकम उपलब्ध रहेको छ । कार्यक्रम देवचुलिनगरपालीकाका कार्यकारी अधिकृत हरिप्रसाद चापागाईको अध्यक्षता रहेको थियो ।
तपाइँको प्रतिक्रिया