स्व. मदनको स्मृतिमा निर्माण गरिएको मदन स्मृति (स्टल) जयश्री वनलाई हस्तान्तरण

गैँडाकोट, १८ मंसिर ।
गैंडाकोट नगरपालिका वडा नं ४ निवासी सापकोटा परिवारले निर्माण गरेको नव निर्मित मदन स्मृति भवन (स्टल) शनिवार जयश्री सामुदायिक वन उपभोक्ता समितिलाई हस्तान्त्रण गरेको छ । जयश्री वनको हाताभित्र रहेको होमनाथ घिमिरे स्मृति वातातरण मैत्री वाल उद्यानमा निर्माण गरिएको मदन स्मृति (स्टल) हस्तान्त्रण गरिएको हो । गत असार ३० गते कोभिड १९ संक्रमण भई दिगंवत हुनुभएका छोरा स्व. मदनप्रसाद सापकोटाको स्मृतिमा पिता मित्रलाल, माता देवकुमारी र धर्मपत्नी सीता सापकोटा एवं सापकोटा परिवारद्वारा मदन स्मृति भवन निर्माण गरिएको थियो । कार्यक्रममा बोल्दै गैँडाकोट वडा नं ४ का वडाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले स्व. मदनप्रसाद सापकोटा परोपकारी, समाजसेवी र धर्म तथा संस्कृती प्रेमी भएको बताउनु भयो । स्व. मदनप्रसाद सापकोटाका परिवारलाई निकै निष्ठावान काम गरेको भन्दै धन्यबाद दिनु भयो । जयश्री सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष टोलनाथ घिमिरेले मदनप्रसाद सापकोटाकाले स्थानिय मठ मन्दिरहरुमा आर्थिक एवं भौतिक सहयोगहरु गर्दै आउनुभएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस वडा नं ४ का सभापती कृष्णप्रसाद पराजुली, समुहका पूर्व अध्यक्ष ऋषिराम घिमिरे, व्यवसायि थिरप्रसाद धिताल, स्व. मदन प्रसादकी बहिनी ढाका सुवेदी र समाजसेवी शंकर आचार्यले स्व मदनप्रसाद सापकोटाको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । स्व. सापकोटाका भाई कासीराम सापकोटाको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको संचालन वडा नं ४ की वडा सदस्य भूमिका गैरे तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रम वनका अध्यक्ष टोलनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।
तपाइँको प्रतिक्रिया