हरपुर गाबिसमा प्रहरीको छापा : ठुलो परिणाममा गहु बरामद

पुरुषोत्तम सुबेदी ,
नवलपरासी , २३ जेठ । नवलपरासीको हरपुर गाउं बिकास समितीबाट आज बिहान प्रहरीले ठुलो परिमाणमा गहु बरामद गरेको छ । अबैध रुपमा भारतिय बजारबाट गुह भित्रीएको भन्दै अंचल प्रहरी कार्यालय भैरहवाको टोलीले सो क्षेत्रमा छापामारी गहु बरामद गरेको हो ।
छापा मारिएको गहुलाई अहिले अंचल प्रहरी कार्यालय भैरहवामा लगीएको छ । प्रहरीले सो क्रममा एउटा ट्याक्टर समेत नियन्त्रणमा लिएको थियो । प्रहरीले भारतिय बजारबाट गुह ल्याउन प्रयोग गरिने बैलगाडालाई समेत नियन्त्रणमा लिएपनि पछि बैलगाडालाई घटनास्थलमै छाडेको थियो ।गोप्य सुचनाका आधारमा रातकको समयमा भारतिय बजारबाट गुह अबैध रुपमा भित्राएर नेपाल बजारमा ल्याएको ठुलो परिणमको गहु र ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । सो क्रममा केही समय हरपुर क्षेत्र तनाबग्रत बनेको थियो ।यद्यपी प्रहरीले सो कार्यमा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन् । यता बरामद क्षेत्रमा रहेको बिभिन्न खरिद केन्द्र ( गल्ला ) मा राजश्व अनुसन्धान कार्यालयले छापा मार्ने तयारी गरेको छ । नवलपरासीमा जिल्ला प्रहरी कार्यालय हदै हुदै अंचल प्रहरी कार्यालय भैरहवाको टोलीले यस क्षेत्रमा आएर अबैध गहु बरामद गर्नलाई बिशेष चासोका साथ हेरिएको छ । जिल्ला प्रहरीलाई हस्तक्षेप गर्दै पछिल्लो समयमा अंचल प्रहरी कार्यालयले नवलपरासीमा बिभिन्न गतिबिधी गर्दै आईरहेको छ ।
तपाइँको प्रतिक्रिया