हरपुर गाविसमा ७ दिने व्यवसायिक बाख्रापालन तालिम संम्पन्न

पुरुषोत्तम सुबेदी
रामग्राम , १७ जेष्ठ । महिला तथा बालबालिका कार्यालय नवलपरासीले आयोजना गरेको ७ दिने व्यवसायिक बाख्रापालन तालिम सपन्न भएको छ । गरिबी विरुद्धको अभियान अन्तर्गत यसवर्षको अन्तिम व्यवसायिक बाख्रा पालन तालिममा ३० जना गरिब तथा विपन्न महिलाहरुको सहभागिता रहेको थियो । तालिममा जिल्ला पशुसेवा कार्यालय, महिला तथा बालबालिका कार्यालयले सहजीकरण गरेको थियो ।तालिम समापन कार्यक्रममा वक्ताहरुले महिलाहरुले सिकेको शिपलाई प्रमाण पत्रमा मात्र सिमित नगरि यसलाई व्यवहारमा ल्याउन पर्ने जोड दिएका थिए । गरिबी हटाउन जिवन स्तरमा माथि उठाउन आफू नै केहि गर्न पर्छ भन्दै यस सिकेका शिपलाई तिब्ररुपले प्रयोगमा ल्याउन वक्ताहरुले आग्रह गरेका थिए ।
तपाइँको प्रतिक्रिया