हरिबोधनी एकादशी आज र भोलि

बिबेक भण्डारी २५ , नवलपरासीको देवचुली नगरपालीका केउरानी १ नारायणी नदी किनारमा मा बिहिबार बाट २ दिने एकादशी धार्मिक मेला शुरुभएको छ । एकादशी धार्मिक महात्मय मेला समितिको आयोजनामा तथा हिन्दुहरुको महान पर्व हरिबोधनी ठुलो एकादशीको अवसर पारी मेलाको आयोजना गरिएको हो । जैबिक बिबिधताको संरक्षण आन्तरिक पर्यटको प्रर्वद्धन भन्ने मुल नारासहित आयोजना गरिएको मेलामा करिब दुई सय स्टल राखिएको आयोजक समितिले जनाएको छ । देवचुली नगरपालीका कार्यकारीअधिकृत देवीलाल सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा इलाका प्रहरी कार्यलय नवलपुरका प्रहरी प्रमुख राजेश थापा , उधोग व्यबसायी तथा समाज सेवी सिद्ध कुमार श्रेष्ठ लगाय को उपस्थित रहेको थियो । बिहिबार मेलाको पहिलो दिन बिभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ जस्मा राष्ट्यि कलाकार पशुपति शर्मा , देवी खनाल लगायतको प्रस्तुति रहेको थियो । मेलामा सयौ भतmजनको उपस्थित रहेकोथियो । मेला नवलपरासी लगायत चितवनका विभिन्न स्थानमा आयोजना गरिएको छ ।
तपाइँको प्रतिक्रिया