हर्कपुरमा जारी महायज्ञ भव्यताका साथ संचालन हुँदै
भदौ २ ,नवलपुर
श्री कृष्ण मन्दिर हर्कपुरमा चतुर्थपुराण महाशिवपुराण ज्ञान महायज्ञमा दान दाताहरुले दान दिने क्रम बढ्दै जान थालेको छ । चौथो दिन सोमबार पनि भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको थियो भने दान दाताहरुको पनि उत्साह रहेको थियो । महायज्ञ श्रावण ३१ गते कलश यात्रा निकाली शुभारम्भ गरिएको हो । चतर्थपुराण महाशिपुराण ज्ञान महायज्ञ अध्यात्मदीपका ज्योतिस्वरुप १८ महापुराणका प्रवक्ता वाल व्यास श्री नारायण न्यौपानेको मुखारविन्दबाट धारावाहिक कथा प्रवचन भई रहेको छ । चतुर्थपुराण महायज्ञ भाद्र ९ गते लघु रुद्रि पुजा पश्चात समापन हुने भएको छ । श्री कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शान्ती कोइरालाले १८ पुराण लगाउने सत् संकल्प अनुरुप विगत ३ वर्षमा ब्रह्मपुराण , पद्यपुराण तथा विष्णुपुराण र यो वर्ष शिवपुराण महायज्ञको आयोजना गरेको बताउनु भयो । चतुर्थपुराण महायज्ञ ३२ गते ३० हजार रकम , भाद्र १ गते २९ हजार ७ सय रकम र भाद्र २ गते ३९ हजार ३ सय रकम उठेको र सोमबार सम्म ९९हजार उठेको आयोजकले जानकारी दिनु भयो । महायज्ञबाट उठेको रकमलाई श्री कृष्ण मन्दिरको संरक्षण र विकासको लागी प्रयोग गर्ने आयोजकहरुको भनाई छ ।
तपाइँको प्रतिक्रिया