हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
२८ माघ,भरतपुर । नारायणी नगरपालिका १ स्थित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बुधबार हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । दाउरा लिन निकुञ्ज गएकी नारायणी नगरपालिका १ बस्ने वर्ष ४८ की भीमा कुमालको ज्यान गएको हो । हात्तीको आक्रमणबाट घाइते भएकी कुमालको पूरानो मेडिकल कलेज भरतपुुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाइँको प्रतिक्रिया