हाम्रो व्यवसाय देशभर चिनाउन पायौँ, चितवन महाधिवेशन तोक्ने नेताहरुलाई धन्यवाद भन्न चाहन्छौँ : व्यवसायी

चितवन । चितवनमा सञ्चालन भइरहेको नेकपा एमालेको १० औँ महाधिनेशनले यहाँको होटल क्षेत्रलाई चलायमान बनाएको छ । कोरोना महामारीले थलापरेको चितवनको होटल व्यवसाय नेकपा एमाले महाधिवेशनले एकाएक जुरुक्क उठेको हो ।
महाधिवेशनबाट यहाँका होटल व्यवसायीले आर्थिक मुनाफा मात्रै नभएर देश तथा विदेशमा आफ्नो व्यवसायिक क्षमता देखाउन पाएकोमा गर्व गरेका छन् ।
चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय भएसँगै यहाँको चहलपहल शुरु भएको यहाँका साना तथा ठूला व्यवसायीहरुले बताएका छन् । महाधिवेशनका लागि देशभरका लाखौं कार्यकर्ता चितवन आएका कारण होटल व्यवसायमात्रै होइन धेरै क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ ।
होटल एशोसियसन चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार महाधिवेशनले यहाँको होटल व्यवसायलाई मात्रै होइन हरेक व्यवसायलाई सकारात्मक सन्देश दिएको छ ।
अहिले जिल्लामा रहेका साना तथा ठूला सबै होटलहरु बुक भएका छन् । यहाँ रहेका १ सय ३० वटा ठूला होटल तथा त्यतिकै संख्यामा रहेका साना होटलमध्ये ६५ सय बेड तीन दिनका लागि पार्टीले नै बुक गरेको उनले बताए ।
३५ सय बेड पार्टीले नै भुक्तानी दिने गरी सम्झौता गरी ५० प्रतिशत भुक्तानी लिएको भट्टराईको भनाइ छ ।
महाधिवेशनले यहाँका साना होटल तथा रेष्टुरेन्टहरुमा केही दिनदेखि थेगिनसक्नु भीड लागेको छ । मिडटाउन होटलका संचालन दीपक तिमिल्सिनाका अनुसार केही दिनयता पहिलेको भन्दा तेब्बर कारोबार भइरहेको बताए ।
‘हामीले त महाधिवेशन भनेको नेता आउने भाषण गर्ने भन्ने बुझेका थियौं, यो त जलेसा रहेछ मान्छे त कति हो कति आए, हिसाब नै नहुने रहेछ, नेताहरु मात्रै आएनन् धेरै शुभेच्छुकहरु पनि आउने रहेछन्, चितवन महाधिवेशन तोक्ने नेताहरुलाई धन्यवाद भन्न चाहन्छु ।’ उनले भने ।
तपाइँको प्रतिक्रिया