हिट्स अफ नवलपरासी म्युजिक एलबमको बिमोचन

परासी, ८ जेष्ठ । नवलपरासीमा आज हिट्स अफ नवलपरासी म्युजिक एलबम भोलुम वन, एक भव्य समारोह बिच बिमोचन भएको छ । एलबमको बिमोचन कार्यक्रमका प्रमुख अतिथि एवं नेपालकि चर्चित पप गायिका ईन्द्रिरा जोशीले एक भव्य समारोह बिच बिमोचन गर्नु भएको हो । युनिक बेबी केयर स्कुलका फाउन्डर अशोक श्रेष्ठको लगानी र स्थानिय कलाकारहरुको गित ले उत्पादित एलबम बिमोचन कार्यक्रममा विभिन्न कलाकारहरुले नाचगान गरि आफनो प्रतिभा प्रस्तुत गरेका थिए ।
विगतका वर्षहरुदेखि नै युनिक बेबी केयर स्कुलमा अध्ययनरत बेबीहरुलाई गित,डांस र अभियन गर्ने कला समेत सिकाई त्यहींबाट उत्पादित कलाकारहरुलाई यस एलबममा समेटिएको स्कुलका फाउन्डर तथा एलबमका प्रोडुसर श्रेष्ठले बताउनु भयो । बिमोचित एलबमको अब भिडियो बनाउन केहि दिनमै यस स्कुलका उत्पादित कलाकारहरुको सुटिंग समेत गर्ने प्रोडुसर श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष एलबम प्रोडुसर अशोक श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथि गाईका ईन्द्रिरा जोशी, विशिष्ट अतिथि तथा गितार च्याम्पियन बिशाल पौडेल, अतिथि एवं फयुचर लाईट एकेडमीका प्रिन्सपल अबिनाश रेग्मी, लगायतले देशमा कला क्षेत्र निकै पछाडी परेकोे भन्दै अब स्थानिय कलाकार र म्युजिक भिडियोहरुलाई प्रबद्र्धन गर्न जरुरी रहेको बताए । नेपालको कला सांस्कृति जोगाउन पनि कलाकारहरु तयार गर्ने देखि लिएर प्रबद्र्धन समेत गर्न आवश्यक रहेको वक्ताहरुले बताए । कला देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउन महत्वपुर्ण भुमिका खेल्द छ कलाको संरक्षण र प्रबद्र्धनका लागि कलाकारहरुलाई सहज वातावरणको व्यवस्था मिलाउन सरकारले पहल गर्न पर्ने वक्ताहरुको भनाई छ ।
तपाइँको प्रतिक्रिया