हिन्दी गीत, कार्यक्रम र चलचित्र प्रशारण नगर्ने माग : अनेरास्ववियु नवलपरासी

१० असोज । अनेरास्ववियु नवलपरासीले नवलपरासीमा भारतीय गीत, कार्यक्रम र चलचित्र प्रशारण बन्द गर्न आग्रह गरेको छ ।
अनेरास्ववियु प्रेस विज्ञप्ति जारी गर्दै भारतले अन्तराष्ट्रिय कानुन विपरित भुपरिवेष्टिक देश नेपालमा नाकाबन्दी गरेको भन्दै आपत्ति समेत जनाइएको छ । अनेरास्ववियु नवलपरासीका अध्यक्ष मदन गिरीले एक विज्ञप्ति जारी गरी भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै त्यस विरुद्ध भारतीय गीत, कार्यक्रम र चलचित्र प्रशारण बन्द गर्न आग्रह गरेको हो ।
विज्ञप्तिमा अबको पांच दिन भित्र रेडियो टिभी र चलचित्र हलमा भारतीय गीत, कार्यक्रम, चलचित्र प्रशारण गर्नु आग्रह गरिएको छ ।
तपाइँको प्रतिक्रिया