हिरोको ‘माएस्ट्रो एज ११०’ सार्वजनिक, इन्धन बचत गर्ने नयाँ सिस्टम

काठमाण्डौँ, ४ कार्तिक ।
हिरोको नयाँ स्कुटर माएस्ट्रो एज ११० सार्वजनिक भएको छ । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले यो स्कुटर सार्वजनिक गरेको हो ।हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीवार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो एज ११० सार्वजनिक गरेको हो । यस नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रुपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रुपमा उन्नत सुविधाहरु उपलब्ध गराउने तथा यसमा टर्न–बाइ–टर्न नेभिगेसन भएकाले सवारी चलाएर अगाडी बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्ने जनाइएको छ । रातो र नीलो रंगमा स्कुटर आउने बताइएको छ ।
माएस्ट्रो एज ११० को मुल्य २ लाख १५ हजार रुपैयाँ रहेको बताइएको छ । यसमा आई थ्रि एस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्ने तथा बाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । त्यसैगरी माएस्ट्रो एज ११० बि एस फोर अनुरुपको ११० सीसी इन्जिनद्धरा सञ्चालित रहेको र ७५०० आरपीएममा ८ बीएचपीको ऊर्जा प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया