हुप्सेकोटमा स्थानिय सरकार सञ्चालन ऐन कार्यान्वयन सम्बन्धि अन्र्तकृया

स्थानिय सरकार सञ्चालन ऐन कार्यान्वयन सम्बन्धि एक दिने अन्र्तकृया हुप्सेकोट गाँउपालिकामा सम्पन्न भएको छ ।
स्थानिय तहलाई सकृय र मजबुद कसरी बनाउन सकिन्छ, स्थानिय तह सञ्चालन कसरी गर्ने भन्ने बिषयमा हुप्सेकोट गाँउपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सह सचिव पुरुषोत्तम नेपालले जनप्रतिनिधिहरुलाई स्थानिय तह सञ्चालनका बिषयमा जानकारी गराउनु भएको थियो । सहसचिव नेपालले सबै मिलेर अगाडि बढे मात्रै स्थानिय तह बलियो बन्ने भएकाले सबैसंगको सहकार्यबाटै स्थानिय तह सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाले स्थानिय तहमा कोहि ठुलो र कोहि सानो नहुने भन्दै सबैको सहकार्यबाट नै स्थानिय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका बारेमा जानकारी दिदै हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले निर्वाचन सम्पन्न भएको ९ महिना बितिसक्दापनि सोचे अनुरुपको काम गर्न कठिनाई भएको बताउनुभयो । उहाले सिंहदरबारको अधिकार गाँउगाँउमा भन्ने नारा अहिले नारामा मात्रै सिमित भएको बताउनुभयो । अध्यक्ष पाण्डेले स्पष्ट निति नियम र अधिकार स्थानिय तहले प्राप्त नगर्नु, एंव निर्वाचित जनप्रतिनिधिहरु नया भएकाले स्थानिय तहमा कसरी प्रभावकारी ढंगले काम गर्ने भन्ने विषयमा नै अन्यौल रहेको बताउनुभयो । उहाले मन्त्रालयबाट आएको सहसचिव स्तरको टोलिबाट धेरै कुरा सिकेर स्थानिय तहको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन थप मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले स्थानिय तहमा काम गर्न धेरै अफ्ट्याराहरु रहेको बताएका छन् । उनिहरुले विशेष गरि स्थानिय तहमा प्राकृतिक स्रोत साधन उपयोगमा बढि समस्या रहेको बताए ।
अन्र्तकृया कार्यक्रममा जिल्ला समन्वय अधिकारी विजय राज पौडेल, योजना विज्ञ जगन्नाथ अधिकारी, बहु क्षेत्रिय पोषण खाद्य कार्यक्रमका सुर्य पाण्डे, माइति नेपालका प्रतिनिधि, पशु सेवा कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्वास्य कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । गाँउपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ले स्वागत मन्त्व्य राखेको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत छत्र बहादुर अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा हुप्सेकोट गाँउपालिकाका वडा अध्यक्ष एंव वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया