हुप्सेकोट र मैनाघाट गाविसमा परिवर्तन नेपालद्धारा ४५ लाख सहयोग

प्रकाश बस्याल ,नवलपरासी २३ कार्तीक,नवलपरासीको कावासोती नगरपालिका ३ मा रहेको परिवर्तन नेपाल नवलपरासीले नवलपरासीको हुप्सेकोट गाविस र मैनाघाट गाविसमा संचालीत मैनाघाट हुप्सेकोट सानाकिसान उधमी सवलिकरण परियोजना अन्र्तगत संचालन भईरहेको आय – आर्जन मुलक कार्यक्रमलाई गत बैशाख १२ गते आएको बिनासकारी भुकम्प र त्यसपछिका पराकम्पनले गर्दा प्रभाव पारेपछि पुन ः त्यहँका स्थानीयहरुलाई सहयोग उपलब्ध गराएको छ ।हेरफर ईन्टरनेशनल नेपालसंगको साझेदारीमा संचालन भईरहेको पशुपालनको माध्यमबाट स्थानीयहरुको आर्थीक अवस्थामा सुधार गर्ने उद्देश्यले संचालन भईरहेको परियोजनामा गत बैशाखमा आयको बिनासकारी भुकम्पले गर्दा कतिपय स्थानीयहरु घरवास बिहीन भएको र अन्यको भौतिक रुपमा क्षती भएपछि उत्पन्न भएको असहज परिस्थीती र स्थानीयहरुको दुखीरहेको घाउमा थोरै भएपनि मलम लगाउने उद्देश्यले समुह सहयोग कोष अज्तर्गत आज एक कार्यक्रमका बिच परीयोजना भित्रका ३०० घरधुरीलाई १५ हजारका दरले ४५लाख सहयोग प्रदान गरेको हो। परीवर्तन नेपाल नवलपरासीका सचिव गोपिकृष्ण शर्माको अध्यक्ष्यतामा भएको कार्यक्रममा मैनाघाट गा वि श का गाविश सचिव टोपलाल पौडेलको प्रमुख आतित्थ्यता रहेको थीयो।कार्यक्रममा हेफर इन्टरनेशनल नेपालकी कार्यक्रम अधिकृत भुनु थापा ,परीवर्तन नोपालका सह सचिव शिव गीरी अर्जुन पंगेनी,परीवर्तन नेपालका कार्यक्रम संयोजक पार्वती सीग्देल परीवर्तन नेपालकी लेखापाल मनीसा शर्मा लगाएतको उपस्थीती रहेको कार्यक्रमको संचालन परीवर्तन नेपालका निर्देशक फर्शुराम शर्माले गर्नुभएको थीयो।भुकम्पले गर्दा किसानहरुका कतिपय पशु चौपाय मरेको तथा खोरगोठ लाई क्षती पुगेकाले किसानहरुको सो क्षेत्रमा थप ४५ लाख ७२ हजारको थप आय – आर्जन कार्यक्रम थप गरिएकोमा आज बितरण गरीएको १५हजार रुपैया कार्यक्रम अन्तर्गत पशुखरिद तथा खोर ब्यवस्थापन तथा तरकारी खेतीमा लगानी गरीने मैनाघाट हुप्सेकोट साना किसान उधमी सवलीकरण परियोजनाकी कार्यक्रम संयोजक पार्वती सीग्देलले बताइन । आज संताले सहयोग गरेपछि स्थानियहरुले खुसीब्यक्त गरेका थीय।
तपाइँको प्रतिक्रिया