हृदयघातका कारण दुवईमा एक युवकको ज्यान गयो

कावासोती १२, वैदेशिक रोजगारीको क्रममा दुवई पुगेको नवलपरासीका एक जना युवकको ज्यान गएको छ । कावासोती नगरपालिका ११ पिठौली निवासी २५ बर्षिय तेज बिर थापाको हृदयघातका कारण ज्यान गएको हो । ३३ महिना अगाडि दुवई पुगेका उनको राति सुतिरहेको अवस्थामा एक्कासी हृदयघात भएर ज्यान गएको हो । यहि साउन ७ गते थापाको हृदय घातका कारण मृत्यु भएको हो । थापाको मृत्यु भएको खबर सोहि कम्पनिमा कार्यरत उनका भिनाजु डम्बर बहादुर थापाले परीवारलाई जानकारी दिएका थिए । थापाको शव सुरक्षित आप्रवासन तथा परामर्श केन्द्र कावासोतीको पहलमा ल्याउने तयारी भई रहेको केन्द्रकी रञ्जना लम्सालले बताईन । दुवई प्रहरीले मृत्युको कारण बारे रिपोर्ट तयार पारीरहेको र प्रहरीले पुर्ण रिपोर्ट तयार नपारेसम्म शव नेपाल ल्याउने प्रकिया नबढ्ने भएकाले शव ल्याउनको लागि केहि समय लाग्ने समेत लम्सालले बताईन । थापा अविवाहीत रहेका थिए ।
तपाइँको प्रतिक्रिया