हैटौंडा नापी कार्यालयमा आगलागी

१० कात्तिक हेटौंडा , मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा आगलागी भएको छ । आगलागी भएको सानोपोखरास्थित भवनबाट ४० जनालाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीमा परि ४० जना घाइते भएको मनवानपुर प्रहरी प्रमुख एसपी मीरा चाैधरीले जानकारी दिइन् । उनका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ । हेेटाैंडा अस्पतालमा उपचार हुन नसकेपछि गम्भीर घाइतेलार्इ भरतपुर अस्पताल रिफर गरिएको छ । आगो लाग्दा सेवाग्राही र कर्मचारीहरु कार्यालयभित्रै थिए । नापीको भवनबाट उद्धार चलिरहेकाले घाइतेको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ । अहिले पनि कार्यालयमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ । बिष्फोट भएको ठूलो आवाज सुनिएलगत्तै आगो लाग्न सुरु भएको थियो । तर, के पडि्कएर आगो लागेको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिजुली सर्ट भएको वा ग्यास पडि्कएको अनुमान छ । अहिले हेटौंडा महानगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । भवनभित्रबाट धुवाँको ठूलो मुस्लो निस्किएको छ । आगलागीपछि हेटौंडाबासी त्रसित भएका छन् ।
तपाइँको प्रतिक्रिया